अभिनेता अनमोल केसी फिल्ममा मात्र होइन, विज्ञापनमा पनि महंगा छन् । अनमोलले एक हेयर तेलको विज्ञापनमा काम गरेको १० लाख पारिश्रमिक लिएका थिए । उनै, अनमोलले फेरि अर्को एक विज्ञापनमा काम गरेका छन् । एक बाइकको ब्रान्ड एम्ब्यासडर बनेका अनमोलले महंगो पारिश्रमिक लिएका छन् ।
अनमोलले बेनेली बाइकको ब्रान्ड एम्ब्यासडर बनेको १० लाख पारिश्रमिक लिएको उनका पिता भूवन केसीले बताएका छन् । फिल्म छनोट गरेर खेल्ने अनमोलले विज्ञापन पनि छानेरै खेल्छन् । उनलाई थुप्रै ब्रान्डको एम्ब्यासडर बन्नका लागि अफर आएपनि उनले आजसम्म जम्मा २ वटा विज्ञापनमा मात्र काम गरेका छन् ।
अनमोल केसी अभिनित फिल्म ‘कृ’ माघ २६ गतेबाट रिलिज हुँदैछ । अनमोल यो फिल्मका लागि पनि उत्साहित छन् ।