अभिनेत्री रीस्ता बस्नेतको अहिले कतै चर्चा छैन । रीस्ताले अभिनय गरेका फिल्म लगातार असफल भएपछि उनको क्रेज फिल्म क्षेत्रमा बन्न नसकेको हो । कलाकार विपना बस्नेतकी छोरी रीस्ता अहिले गुमनाम जस्तै छिन् । फेसबुकमा उनका तस्बिर देखिनु बाहेक उनले कुनै नयाँ फिल्ममा काम गरेको खबर छैन ।
रीस्ताले फिल्म ‘होस्टेल’बाट करिअर सुरु गरेकी हुन् । यसपछि, उनले केहि फिल्ममा काम त गरिन् । तर, उनले अभिनय गरेका कुनै पनि फिल्म चलेनन् । फिल्म नचलेपनि धेरै कलाकार चर्चामा छन् । तर, रीस्तालाई भने निर्माताले पत्याएका छैनन् । अफर आएका जस्तो पनि फिल्ममा काम गर्दा उनको क्रेज घटेको हो । अब, रीस्ता कस्तो तरिकाले फेरि आउनेछिन्, दर्शक प्रतिक्षामा छन् ।