नेपाली फिल्मको प्रदर्शन मिति तोकिनु र फेरि पछि हट्नु कुनै नौलो कुरा नै भएन । किनकी, निर्माताहरु फिल्म निर्माणको समयमा नै डेट तोकिदिन्छन् । पछि, विभिन्न वहाना गरेर फिल्मको मिति सारिदिन्छन् ।
विकिनी कान्डका कारण चर्चामा रहेका अभिनेता विनय श्रेष्ठ र अभिनेत्री श्रृष्टी श्रेष्ठ अभिनित फिल्म ‘रोमियो एन्ड मुना’ पनि अब तोकिएको मितिमा नआउने भएको छ । फागूण ११ गतेबाट रिलिज हुन लागेको फिल्मको प्रदर्शन मिति सारिएको हो ।
यहि, मितिमा रिलिज हुन लागेको फिल्म ‘साढे सात’को टिमसँग सल्लाहा गरेर फिल्मको मिति सारिएको हो । निर्देशक नरेश कुमार केसीले फिल्मको काम सकिएपछि नयाँ मिति तोक्ने बताएका छन् ।