निर्देशक तथा संचारकर्मी सुव्रतराज आचार्य नयाँ फिल्म निर्देशनमा लागेका छन् । उनले बनाउन लागेको नयाँ फिल्मको नाम ‘सुश्री सम्पत्ती’ राखिएको छ । यो फिल्मको छायांन फागूणबाट सुरु हुने सुव्रतले बताए ।
फिल्म सामाजिक कमेडी जनरामा निर्माण हुने उनले बताए ।
फिल्मका लागि सलोन बस्नेत, सारा, विनोद न्यौपाने, प्रमोद अग्रहरि, विशारद बस्नेत, राजाराम पौडेल, प्रमेबर्षा खड्का र रोशनी कार्की कलाकारका रुपमा फाइनल भएका छन् । फिल्मको निर्माण रमेश त्वयनाले गर्दैछन् ।
फिल्ममा अर्जुन तिवारीको छायांकन, सुरेश अधिकारीको संगीत रहने पक्का भएको छ भने कविराज गहतराजले गीतको कोरियोग्राफी गर्नेछन् । फिल्मको सम्पूर्ण छायांकन पोखरामा हुने सुव्रतले बताए ।