अभिनेत्री सारा सिर्पालीको चर्चा सुरु भएको छ । आजबाट रिलिज भएको फिल्म ‘पिजडा ब्याक अगेन’मा उनले गरेको कामको तारिफ भएको हो । अभिनेता निखिल उप्रेतीले एकैप्रकारका फिल्ममा काम गरिरहेको समयमा उनकै फिल्मकी हिरोइनले भने चर्चा पाएकी छिन् ।
चर्चा पाएसँगै साराले फिल्म क्षेत्रमा उदाउने छनक समेत देखाएकी छिन् । फिल्म ‘रुद्र’मा काम गरेपछि सारा फिल्म क्षेत्रमा उदाएकी थिइन् । तर, यो फिल्मबाट उनले चर्चा पाइनन् । अभिनेता निखिलको द्धन्द्धात्मक छविका कारण पनि साराको काम नोटिस हुन सकेको थिएन ।
बिहिबार काठमाण्डौ बाहिर रिलिज भएको फिल्म ‘पिजडा ब्याक अगेन’को सुरुवातमा भने खासै गतिलो छैन । तर, हिरोइन भने चर्चित बन्ने बाटोमा छिन् ।