फिल्म ‘लालपूर्जा’को काठमाण्डौमा प्रिमियर गरिएको छ । यो फिल्म आजबाट रिलिज पनि भएको छ । फिल्म हेर्ने अधिकांशले निकै कमजोर प्रतिक्रिया दिएका छन् । निगम श्रेष्ठले निर्देशन गरेको यो फिल्ममा सौगात मल्ल, विपिन कार्की, मिरुना मगर लगायतका कलाकारको अभिनय छ । मितको कथामा यो फिल्म बनेको छ ।
फिल्म हेर्न पुगेका धेरै पत्रकार मध्य भागमै निस्किएका थिए । फिल्म निकै कमजोर भएपछि आफूहरु बाहिर निस्किएको पत्रकारहरुले बताए । निर्देशक तुलसी घिमिरे निर्देशित फिल्म ‘दर्पण छायाँ २’ले निकै कमजोर प्रतिक्रिया पाएको थियो । ‘लालपूर्जा’ त्यो भन्दा पनि कमजोर रहेको प्रतिक्रिया प्रिमियरमा मिलेको छ ।
‘छड्के’बाट आलोचित निर्देशक निगम श्रेष्ठले अर्को कमजोर फिल्म बनाएको समिक्षा प्रिमियरमा फिल्म हेर्नेले गरेका छन् ।