फिल्म ‘चङ्गा’को निर्माण हुने भएको छ । यो फिल्मको राजधानीमा आयोजित पत्रकार सम्मेलनमा घोषणा गरिएको छ । फिल्ममा कलाकार वुद्दि तामाङको मुख्य भूमिका रहनेछ । किशोर भण्डारीको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा कमलमणि नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, राजन खतिवडा, जीवन भट्टराई मुख्य भूमिकामा छन् । किशोरले कथा आफै लेखेका हुन् ।
यो फिल्म जेठको ११ गतेबाट रिलिज हुनेछ । कमेडी जनरामा बन्न लागेको फिल्ममा रिश्मा तिमिल्सिनाको लगानी रहनेछ । प्रकु पाण्डे फिल्मका कार्यकारी निर्माता हुन् । भण्डारीका अनुसार विशुद्ध नेपाली मनोरञ्जन फिल्म बनाउने कोशिश हुनेछ ।
फिल्मका मुख्य कलाकार राजन खतिवडाले पनि फिल्मका लागि मिहिनेत गरेको बताए । रविन आचार्यको छायांकन रहने फिल्ममा राजनराज सिवाकोटी र कमल खत्रीको संगीत छ ।