अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको प्रेम कसैबाट पनि लुकेको छैन । बलिउड कलाकारले जस्तै प्रेम गर्ने तर मिडियामा होइन भन्ने यो जोडी हरेक कार्यक्रममा एकसाथ हिड्ने गर्छन् । पल र आँचल राजधानीमा आयोजना भएको ‘कामना फिल्म अवार्ड’मा पुगेका थिए । उनीहरु, एक अर्काको बारेमा भन्दै पनि फिल्म ‘सत्रुगते’लाई लिएर बढी उत्साहित देखिएका छन् ।
आँचलले पलसँग आकर्षक पहिरन लगाएकी थिइन् । उनले यो पहिरनको मुल्य १० हजार भन्दा बढी नरहेको बताइन् । फिल्म ‘नाई नभन्नु ल ४’मा सँगै काम गरेपछि पल र आँचल प्रेममा छन् ।