अभिनेत्री नीता ढुंगानाले नयाँ फिल्म साइन गरेकी छिन् । उनले, जयन श्रेष्ठले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘पारस’मा काम गर्न लागेकी हुन् । यो फिल्मलाई जयनले लभ स्टोरी कथामा बनाउन लागेका छन् । यो फिल्ममा नीताको साथमा अभिनेता प्रज्ज्वल सुजल गिरीको पनि मुख्य भूमिका रहनेछ ।
नीता र प्रज्ज्वलले पहिलो पटक एकसाथ पर्दा शेयर गर्न लागेका हुन् । यो फिल्मको छायांकन चैत्रबाट सुरु हुँदैछ । फिल्मको पर्दामा प्रज्ज्वललाई दर्शकले भिलेनको रुपमा बढी देखेका छन् । नीता र प्रज्ज्वल एकसाथ पर्दा शेयर गर्न पाउँदा उत्साहित पनि छन् ।