नेपाल चलचित्र कलाकार संघले ‘दोश्रो फान अवार्ड’को आयोजना गर्ने भएको छ । राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अवार्ड आयोजना गर्न लागिएको जानकारी दिइयो । चैत्र १६ गते अवार्डको आयोजना हुनेछ ।
२४ विधामा अवार्ड वितरण गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यो अवार्डका लागि ‘कि एडभरटाइजिङ’ले सहकार्य गर्नेछ । कलाकार संघका अध्यक्ष बोगटीले अवार्डका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् । अवार्डका लागि उत्कृष्ट कथा,पटकथा, संवाद, नृत्य निर्देशक, द्धन्द्ध निर्देशक, गीतकार, गायक, गायिका, संगीतकार, सम्पादक, छायांकार, नव–निर्देशक, चरित्र अभिनेता, चरित्र अभिनेत्री, नव–अभिनेत्री, नव–अभिनेता, सह–अभिनेत्री, सह–अभिनेता, खलपात्र, हाँस्य कलाकार, अभिनेत्री, अभिनेता, फिल्म, निर्देशक विधा समावेश गरिएको छ ।
वि.सं २०७४ कै फिल्म समावेश गरेर अवार्ड समावेश गर्ने समयमा कलाकार संघले बल्ल २०७३ सालमा रिलिज भएका फिल्म समावेश गरेर अवार्ड आयोजना गर्ने तयारी गर्दैछ ।