अभिनेता ऋतिक रोशन फिल्ममा फरक भूमिका गर्न सिपालु छन् । ऋतिक तन्नेरीदेखि वृद्ध अवस्थासम्मको भूमिका राम्रोसँग गर्छन् । अभिनेता ऋतिक अहिले नयाँ फिल्म ‘सुपर ३०’को सुटिङमा व्यस्त छन् । यो फिल्मलाई विकास बहालले निर्देशन गरिरहेका छन् । फिल्मको सेटबाट नयाँ फोटो लिक भएको छ । जहाँ, ऋतिकको गेटअप फरकखालको छ ।
यो फिल्म आनन्द कुमारको बायोपिकमा बनिरहेको छ । बनारशीमा यो फिल्मको छायांकन भैरहेको छ । ऋतिकको ह्यान्डसम लुक यो तस्बिरमा हराएको छ भने ऋतिक फिल्मको क्यारेक्टरमा छिरेका छन् ।