फिल्म ‘रामकहानी’को छायांकन पोखराबाट सुरु भएको छ । कास्कीकोटबाट यो फिल्मको छायांकन शिवरात्रीको अवसर पारेर सुरु गरिएको हो । फिल्मको पहिलो दिन मुख्यकलाकार अभिनेत्री पूजा शर्मा, अभिनेता आकाश श्रेष्ठ र कलाकार राजाराम पौडेलले टेक दिएका छन् ।
छायांकन पूर्व फिल्मको शुभसाइत गरिउको थियो । निर्देशक तथा निर्माता सुदर्शन थापा, पूजा, आकाश, राजाराम, अर्का कलाकार केदार घिमिरेले विन्दवासिनी मन्दिरमा पूजा गरेका थिए । कास्कीकोटमा फिल्मको छायांकन २ साता गरिनेछ । बाँकी छायांकन काठमाण्डौमा नै गरिने निर्देशकले बताए ।
फिल्मको छायांकन ४५ दिनमा सक्ने योजना छ । भदौ २२ गते तीजको अवसर पारेर फिल्म रिलिज गरिनेछ । फिल्ममा सौरभ लामाको छायांकन, अर्जुन पोखरेलको संगीत छ । लभ स्टोरी र कमेडी कथामा यो फिल्म बन्नेछ ।