अभिनेत्री दीपिका प्रसाइले फिल्म ‘ऐश्वर्य’ पछि अर्को फिल्ममा काम गरेकी छैनन् । तर, उनको चर्चा यतिबेला फिल्मका निर्देशक दिवाकर भट्टराइसँग प्रेमका कारण हुन थालेको छ । निर्देशक दिवाकर र अभिनेत्री दीपिकाको प्रेम चर्चा ‘ऐश्वर्य’को छायांकनदेखि नै सुरु भएको हो । तर, उनीहरुको प्रेम अहिले मिडियामा चर्चामा छ ।
दिवाकरले भने आफूहरु प्रेममा नरहेको स्टाटस फेसबुकमा लेखेका छन् । तर, पनि उनीहरुले आफ्नो प्रेमलाई लुकाउन खोजेपनि लुक्न सकेको छैन । उनीहरु विभिन्न कार्यक्रममा एकसाथ पुग्ने पनि गरेका छन् । दुइले आफूहरुविच व्यवसायिक सम्बन्ध रहेको बताएपनि दुइको प्रेम फिल्म वृत्तमा चर्चामा छ ।