सैफअली खान र अमृता सिंहकी छोरी साराअली खानको डेब्यू फिल्म भएकाले पनि ‘केदारनाथ’ चर्चामा छ । यो फिल्मको कथावस्तु र मेकिङलाई लिएर बलिउडमा अहिले नै चर्चा सुरु भैसकेको छ । फिल्मको प्रदर्शन मिति तय भएको छैन ।
तर, अब यो फिल्म समस्यामा परेको छ । विशेषगरि, फिल्मको बजेटलाई लिएर यसको निर्माण टिम र निर्देशक अभिषेक कपुरविच तनाव उत्पन्न भएको छ । सुरुवातमा अभिषेकले फिल्मको छायांकन ४ महिनामा सक्ने बताएका थिए । तर, अहिले फिल्मको छायांकन सुरु भएको १६ महिना भैसकेको छ । अझैपनि फिल्मको छायांकन सकिएको छैन ।
फिल्ममको बजेट ६० करोड पुगिसकेको छ । सुशान्त सिंह राजपुतलाई लिएर १६ महिना लगाउँदा पनि फिल्म नसकेपछि यसको निर्माण यूनिट निर्देशकसँग आक्रोशित बनेको हो । यसैले फिल्म समस्यामा परेको हो ।