जुनकिरी आर्टस्को प्रस्तुतिमा तयार भएको फिल्म ‘कोहलपुर एक्सप्रेस’को रोमान्टिक गीत बजारमा आएको छ । ‘अब मनसँँग मन’ बोलको गीत रिलिज गरिएको हो । सुगम पोखरेल र अन्जु पन्तको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतको मेलोडी राम्रो छ । यो गीतमा फिल्मका मुख्य कलाकार केकी अधिकारी र विनोद न्यौपानेलाई फिचरिङ गरिएको छ ।
यो फिल्म वैशाख १४ गतेबाट रिलिज हुँदैछ । फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, वुद्दि तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराइको पनि अभिनय छ । फिल्मलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । गम्भिर बिष्टको कोरियोग्राफी रहेको फिल्मलाई अर्जुन तिवारीले खिचेका हुन् । केकी अधिकारीले यो फिल्मको निर्देशन गरेकी हुन् ।