फिल्म ‘लिलिबिली’को दोश्रो गीत रिलिज भएको छ । फिल्ममा समावेश ‘घुम्न जाउ इन्जिन गाडीमा’ बोलको गीत रिलिज गरिएको हो । फिल्मको यो गीतमा मुख्यकलाकार प्रदिप खड्का र जसिता गुरुङ स्कटल्याण्डको रमणिय लोकेशनमा प्रेम साटिरहेका छन् । रिसाएकी जसितालाई प्रदिपले फकाइरहेको सन्दर्भमा गीत खिचिएको छ ।
फिल्ममा प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठको पनि मुख्य भूमिका छ । मिलन चाम्सले यो फिल्मको निर्देशन गरेका हुन् । फिल्ममा मिलन चाम्स, गोविन्द शाही र सुदिप खड्काको लगानी छ । चैत्र ३० गतेबाट यो फिल्म रिलिज हुँदैछ ।
फिल्मको पहिलो गीतले औषत चर्चा पायो । यो गीतको शब्द राम्रो छ । कविराज गहतराजको कोरियोग्राफी सामान्य खालको मात्र छ ।