फिल्म ‘कान्छी’ भोलीबाट अल नेपाल रिलिज हुँदैछ । फिल्म ‘कान्छी’लाई लिएर अभिनेत्री स्वेता खड्का उत्साहित छिन् । अभिनेत्री खड्का मोफसलका केहि स्थानमा पुगेर फिल्मको प्रचार गरेर फर्किएकी छिन् ।
तर, पोखराको फेवातालमा भने स्वेता र फिल्मका मुख्य अभिनेता दयाहाङ राइले विशेष अनुभव गरे । फेवातालमा डुंगा चढेर दयाले रातो गुलाब दिदै स्वेतालाई प्रेम प्रस्ताव राखेका छन् । स्वेताले पनि मुस्कुराउँदै दयाको प्रेम प्रस्ताव स्विकार गरेकी छिन् ।
यी दुइको यो शैली फिल्म प्रचारका लागि मात्र हो भन्ने वुझ्न गाह्रो पर्दैन । आकाश अधिकारीले निर्देशन गरेको फिल्मलाई लिएर दया र स्वेता दुबै उत्साहित छन् । फिल्मले राम्रो व्यापार गर्ने स्वेताले बताइन् ।