बलिउड अभिनेत्री कृति सेननको भाग्य चम्कन थालेको छ । ‘हिरोपन्थी’ डेब्यू अभिनेत्रीले काम गरेका केहि फिल्म हिट भए भने केहि फिल्म असफल पनि भए । तर, उनलाई लिएर फिल्ममा काम गर्न निर्माताहरु कञ्जुस्याँई गरिरहेका छैनन् ।
अभिनेता अक्षय कुमार कमेडी फिल्म ‘हाउसफूल ४’मा काम गर्दैछन् । यो फिल्ममा अभिनेत्री कृति सेननले काम गर्न लागेको चर्चा छ । फिल्ममा अभिनेत्री को हुने भन्ने चर्चा लामो समयदेखि चल्दै आएको थियो । साजिद खानको निर्देशनमा बन्न लागेको फिल्मलाई साजिद नाडियाडवालाले निर्माण गर्दैछन् । फिल्ममा उच्च भिएफएक्स हुने पनि निर्माताले जानकारी दिइसकेका छन् ।
यो फिल्ममा कृति अक्षय कुमारको जोडीको रुपमा देखिने चर्चा छ । फिल्ममा बबी देबल पनि फाइनल भैसकेका छन् ।