बलिउड अभिनेता सलमान खानको मुख्य भूमिका रहेको फिल्म ‘बजरंगी भाइजान’ले चीनको बक्स अफिसमा पनि राम्रो कमाई गरेको छ ।
बलिउडको बजार अहिले चीनमा पनि विस्तार हुन थालेको छ ।
भारत बाहेकका अन्य देशमा भन्दा चीनमा मात्रै फिल्मले धेरै कमाई गर्न थालेपछि बलिउडका मेकरहरु अहिले चीनको बजारतर्फ आकषिर्त हुन थालेका छन् ।
चीनमा अभिनेता आमिर खानको राम्रो क्रेज मानिन्छ । अब, अभिनेता सलमान खानले पनि राम्रो क्रेज चीनमा बनाउन थालेका छन् । उनी अभिनित फिल्म ‘बजरंगी भाइजान’ चीनमा अहिले तेश्रो हप्तामा चलिरहेको छ ।
तेश्रो हप्ताको शनिबार सम्म चीनमा यो फिल्मले २२१ करोड कमाई गरेको छ । कविर खान निर्देशित फिल्मको चीनको कमाइले बलिउडमा फेरि तरंग ल्याएको छ ।
फिल्मले भारतमा मात्र ३४० करोड कमाई गरेको थियो ।