अभिनेत्री पूजा शर्मा अभिनेता आकाश श्रेष्ठसँग पर्दा शेयर गरिरहँदा खुशी छिन् । आकाशलाई आफ्नो ब्यानरमा भित्राएर काम गरिरहेकी पूजा उनको काम गर्ने शैलीले आफूलाई प्रभावित बनाएको पनि बताउँछिन् ।
अहिले आकाश र पूजा फिल्म ‘रामकहानी’मा काम गरिरहेका छन् । यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरिरहेका छन् । फिल्मको सेटमा आकाश र पूजाको रमाइला र रोमान्टिक तस्बिर सार्वजनिक भएका छन् । जसले पनि यी दुई, एक अर्कासँग तस्बिर शेयर गरेर खुशी रहेको वुझ्न सकिन्छ ।
फिल्ममा केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झाको पनि मुख्य भूमिका छ । भदौ २२ गतेबाट यो फिल्म रिलिज हुँदैछ ।