अभिनेता बरुण धवन र अभिनेत्री कट्रिना कैफ विदेशमा र स्वेदशमा आयोजना भएका कन्सर्टमा त एकसाथ पुगेका छन् । तर, दर्शकले यो जोडीलाई अहिलेसम्म देख्न पाएको छैन ।
अब, यो जोडी पहिलो पटक एकसाथ देखिने भएको छ । रेमो डिसुजाले निर्देशन गर्न लागेको महंगो बजेटको डान्सिङ फिल्ममा बरुण र कैफ देखिन लागेका हुन् ।
यो फिल्मलाई भुषण कुमार, प्रभुदेवा र रेमोले मिलेर निर्माण गर्दैछन् । रेमोका अनुसार बरुण र कट्रिना अहिलेका सबैभन्दा बेष्ट डान्सर हुन् । बरुणले रेमोसँग काम गर्दा आफूलाई निकै फाइदा हुने पनि बताएका छन् ।