यो बर्षको अन्तिम दिन रिलिज हुन लागेको फिल्म हो, ‘लिलिबिली’ । यो फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । गीतसंगीत, कलाकारका कारण पनि फिल्म चर्चामा छ । चैत्र ३० गतेबाट रिलिज हुन लागेको फिल्मको पोष्टर सार्वजनिक भएको छ ।
सार्वजनिक भएको पोष्टरमा फिल्मका मुख्य कलाकार प्रदिप खड्का र जसिता गुरुङलाई मात्र देखाइएको छ । फिल्मको ट्रेलरमा समेत खासै स्थान नपाएकी अभिनेत्री प्रियंका कार्कीलाई पोष्टरमा पनि स्थान दिइएको छैन ।
फिल्ममा प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठको पनि मुख्य भूमिका छ । सुदिप खड्का, गोविन्द शाही र मिलन चाम्सले मिलेर यो फिल्मको निर्माण गरेका हुन् ।
फिल्मको पोष्टरमा प्रदिप र जसिता प्रेमभाव देखिएको छ ।