करिब ३ बर्षदेखि बोलचाल नै बन्द गरेर बसेका अभिनेता प्रदिप खड्का र अभिनेत्री पूजा शर्मा एकसाथ देखिएका छन् । फिल्म ‘प्रेमगीत’ रिलिज भएपछि यी दुई बोल्न छाडेका थिए । आन्तरिक झगडाका कारण यी दुइविच बोलचाल मात्र बन्द भएको थिएन, एक अर्कासँग फिल्म पनि खेल्न छाडेका थिए ।
तर, यो जोडी करिब ३ बर्षपछि भने एउटै फ्रेममा देखिएको हो । यी दुई राजधानीको स्टार मलमा अकस्मात भेटिएपछि बोलचाल गरेका हुन् । सुरुमा यी दुइले एक अर्कालाई इग्नोर गरेपनि पछि उनीहरु एक अर्कासँग बोले ।
बोलेपछि उनीहरुले एकसाथ तस्बिर पनि खिचाएका छन् । तस्बिरमा मुस्कुराएका उनीहरु अब फिल्ममा एकसाथ देखिन्छन् कि देखिदैनन्, त्यो भने प्रतिक्षा गर्नैपर्छ ।