बलिउडमा अहिले अभिनेत्री आलिया भट्टको नाम अगाडि आउँछ । बलिउडमा प्रवेश गरेको छोटो समयमा नै उनले तहल्का मच्चाइसकेकी छिन् । आलियाको अभिनय, स्टाइलको फ्यान धेरै छन् ।
अभिनेत्री आलिया भट्टले हालैमात्र एक अवार्ड समारोहका ‘स्टाइलिस्ट अभिनेत्री’को अवार्ड पाइन् । यो अवार्ड पाएपछि उनले आफू आफ्नै तरिकाले चल्ने बताइन् । पहिलो पटक आलियाले स्टाइलिस्ट महिलाको अवार्ड जितेकी थिइन् ।
आलियाले यो अवार्ड जित्दै गर्दा भनिन्-‘एउटा केटा सधै नै केटा नै हुन्छ, तर एउटा केटी महिलामा बदलिन्छिन् ।’ आलियाले स्टाइलिस्ट अवार्ड जितेपछि भनिन्-‘म यसको क्रेडिट लिन चाहन्न । मेरो टिमले मलाई सधै नै स्टाइलिस्ट राख्न ध्यान दिएको छ । यसका लागि उनीहरुलाई म धन्यवाद दिन चाहन्छु ।’