बलिउड अभिनेता सलमान खानलाई जोधपुरको अदालतले ५ बर्षको जेल सजाय सुनाएको छ । सन् १९९८ मा जोधपुरमा कालो हरिण शिकारको आरोपमा सलमानले लामो समयदेखि मुद्दा खेपिरेहका थिए । सलमानलाई ५ बर्षको जेल सजाय र दश हजार जरिवाना तोकिएको छ ।
जेल सजायसँगै सलमानलाई जोधपुरको सेन्ट्रल जेलमा लगिएको छ । सलमानसँगै मुद्दा खेपिरहेका अभिनेता सैफअली खान, अभिनेत्री तब्बु, निलम र सोनाली बेन्द्रे भने क्लिन चिट पाउन सफल भएका छन् ।
सलमानले आजको रात जेलमै बिताउनुपर्नेछ । उनका वकिलले भोली जमानतका लागि उच्च अदालतमा निवेदन दिन सक्नेछन् । उच्च अदालतले उनलाई भोली जमानतमा रिहा गर्ने आदेश दिएको खण्डमा उनी रिहा हुनेछन् ।
अभिनेता सलमान खानलाई जेल सजाय भएपछि उनका बहिनीहरु रोएका थिए । फिल्म ‘हम साथ साथ हे’को छायांकनका क्रममा बलिउड अभिनेता खानले कालो हरिणको शिकार गरेको आरोप लागेको थियो ।