बलिउड अभिनेता टाइगर श्राफ अभिनित फिल्म ‘बागी २’ले सय करोड पार गरेको छ । शुक्रबारदेखि रिलिज भएको फिल्मले ६ दिनमै १०४ करोड कमाइ गरेको हो ।
भारतको बक्स अफिसमा स्पिडको व्यापार गरेको फिल्मले सय करोड कमाइ गरेसँगै यसका मुख्य अभिनेता टाइगर श्राफ चम्किएका छन् । यो टाइगरको सय करोड कमाउने पहिलो फिल्म समेत हो ।
फिल्मले सय करोड कमाएसँगै अभिनेता टाइगर श्राफ नयाँ जेनेरेशनको स्टारको सूचीमा सूचिकृत समेत भएका छन् । टाइगरको कामलाई चौतर्फी प्रशंसा मिलेको छ । टाइगरको एक्सनलाई दर्शकले मन पराएका छन् । फिल्ममा दिशा पटानी पनि छिन् । यो फिल्म हिट भएसँगै ‘बागी २’ पनि बन्ने पक्का भएको छ ।