यो बर्ष बलिउडका लागि लक लागिरहेको छ । बलिउडमा यो बर्ष फिल्म हिट हुने श्रृङ्खला पहिलो महिनाबाट नै सुरु भएको हो । फिल्म ‘पद्यमावत’ले ३ सय करोड कमायो । यस्तै, अर्को फिल्म ‘सोनी कि टिट्टु’ले पनि सय करोड बढी कमायो । यो फिल्मले नसोचेको कमाई गर्यो ।
अभिनेता टाइगर श्राफ अभिनित फिल्म ‘बागी २’ले पनि रिलिज भएको ६ दिनमै सय करोड कमाइदियो । अब, अभिनेता अजय देवगणले अभिनय गरेको फिल्म ‘रेड’ पनि सय करोड क्लबमा प्रवेश गरेको छ । योसँगै यो बर्षको सुरुवाती ३ महिनामै रिलिज भएका फिल्मले सय करोड कमाई गरिसकेका छन् । बलिउडमा अझै यो बर्ष ठूला स्टारका फिल्म रिलिज हुँदैछन् । यसैले, यो बर्ष सय करोड कमाउने फिल्मको संख्या बढ्नेछ ।