बलिउड अभिनेत्री कट्रिना कैफ अहिले फिल्म ‘जिरो’मा काम गरिरहेकी छिन् । यो फिल्ममा उनी अभिनेत्रीकै भूमिकामा छिन् । कट्रिनाको गेटअपसहितको एक तस्बिर अहिले सुटिङ सेटबाट बाहिरिएको छ । यो गेटअपमा कट्रिना सारीमा देखिएकी छिन् । साथमा, उनको शरीर गहनाले भरिएको छ । फिल्मको एक गीतमा कट्रिना यो गेटअपमा देखिनेछिन् । फिल्ममा उनी साहरुख खान र अनुष्का शर्माको साथमा देखिदैछिन् ।
फिल्ममा साहरुख होचो व्यक्तिको भूमिकामा छन् । कट्रिना भने निकै समस्यामा परेकी एक अभिनेत्री, जो मदिराको नशामा परेको हुने मिडियाले बताएका छन् । यो फिल्म क्रिसमसमा रिलिज हुनेछ । यो फिल्मलाई आनन्द एल राईले निर्देशन गरिरहेका छन् ।