बलिउड अभिनेता सलमान खानलाई अहिले भारत बाहिर जानुपरेमा अदालतको अनुमती चाहिन्छ । जोधपुरको अदालतले सलमानलाई भारत बाहिर जानु परेको खण्डमा अदालतको अनुमती लिनुपर्ने भन्दै धरौटीमा रिहा गरेको थियो ।
उनै, सलमानले फिल्मको छायांकन र कन्सर्टका लागि भारत बाहिर जानका लागि अदालतसँग अनुमतीका लागि निवेदन दिएका थिए ।
अब, सलमानलाई अदालतले भारत बाहिर जानका लागि अनुमती दिएको छ । उने फिल्म ‘रेश ३’को छायांकनका लागि अबुधावी, कन्सर्टका लागि नेपाल जाने भन्दै अनमुती मागेका थिए ।
सलमानलाई अदालतले अनुमती दिएपछि उनी नेपाल आउने पक्का भएको छ । सलमान कन्सर्टका लागि जेठ १२ गते नेपाल आउने तयारीमा छन् ।