अभिनेत्री बर्षा राउत नयाँ फिल्म ‘एउटा यस्तो प्रेम कहानी’मा व्यस्त छिन् । बर्षा फिल्ममा काम गर्दा गर्दै नयाँ बर्ष मनाउन भारत पुगिन् । प्रेमी संजोग कोइरालासँग उनी भारतमा नयाँ बर्ष मनाइरहँदा खुशी थिइन् ।
बर्षाले इन्टाग्राममा पोष्ट गरेका तस्बिरमा उनी मुस्कुराएकी छिन् । उनले, आफू मुस्कुराउने यूवती भएको समेत लेखेकी छिन् । बर्षा मिडिया इन्टरभ्यूमा पनि खुबै हाँस्छिन् । फिल्मको सफलता वा असफलता दुबैमा बर्षाको मुस्कान देखिन्छ ।
भारत पुगेर हट बनेकी बर्षाले आफ्नो हतियार नै मुस्कान भएको उल्लेख गरेकी छिन् । उनले, आफू मुस्कुराएर कहिले पनि नथाक्ने लेखेकी छिन् ।