अभिनेत्री केकी अधिकारीको ‘कोहलपुर एक्सप्रेस’को नयाँ प्रचार शैलीमा अभिनेत्री प्रियंका कार्कीले पनि साथ दिएकी छिन् । केकी र प्रियंका मंगलबार दिनभर विभिन्न चर्चित महिलाहरुको घरमा पिज्जा पु¥याउन पुगे ।
फुडमान्डुबाट फोन गर्दै उनीहरुलाई नयाँ बर्षको उपहार भनिएको तर अभिनेत्रीहरु नै खाजा पु¥याउन पुग्छन् भनेर भनिएको थिएन । तर, स्कुटीमा खाजाको झोला बोकेर उनीहरु निर्देशक दीपाश्री निरौला, पूर्व मिस नेपाल माल्भिका सुब्बा, बैंकर रविना देशराज र अभिनेत्री प्रियंका कार्कीको आमाको घरमा पुगे त्यसपछि उनीहरु सरप्राइज नै भए ।
उनीहरु, फिल्मको नाम अनुसारको प्रचार गरेको बताए । यो काम गर्दा नौलो अनुभव भएको केकी र प्रियंकाको भनाई थियो । वैशाख १४ गतेबाट यो फिल्म रिलिज हुँदैछ । फिल्मका लागि अहिले केकी, प्रियंका र अभिनेत्री ऋचा शर्मा नयाँ नयाँ प्रचार शैली अपनाइरहेका छन् ।