अभिनेत्री पूजा शर्माले आफूले काम गरेका २ अभिनेतासँग आक्रोश पोखेकी छिन् । अभिनेता पल शाहलाई फिल्म ‘रामकहानी’का लागि निर्देशक सुदर्शन थापा र आफूले फोन गरेको पूजाले स्पष्ट बताएकी छिन् । तर, सुरुमा पलले सुदर्शनको फोन नउठाएको तर पछि आफ्नो फोन उठाएर पनि रेस्पोन्स नगरेको उनको भनाई छ ।
पललाई नै फिल्म ‘रामकहानी’मा लिएर काम गर्ने योजना अनुसार फोन गर्दा रेस्पोन्स नगरेको भन्दै पूजाले मेकरलाई गाली नगर्न आग्रह समेत गरेकी छिन् ।
यस्तै, उनले अभिनेता प्रदिप खड्कासँग आफ्नो सम्बन्ध मुसा र बिरालोको जस्तो भएको बताइन् । प्रदिपसँग आफ्नो कहिलेपनि नराम्रो नरहेको भन्दै उनले उनको बारेमा कसैले नराम्रो भन्दा रिस उठ्न पनि बताइन् ।
पूजाले आफ्नो ब्यानरमा काम गरेपछि कलाकार स्टार हुने र पछि रेस्पोन्स नै गर्न छोड्ने दाबी समेत गरेकी छिन् ।