अभिनेता अनमोल केसीले अभिनय गर्न लागेको नयाँ फिल्म ‘क्याप्टेन’का लागि नयाँ अभिनेत्री फाइनल गरिएको छ । अनमोलको यो फिल्ममा २ अभिनेत्री आवश्यक पर्छ । जसमा, उपासना सिंह ठकुरीलाई निर्माण टिमले फाइनल गरिसकेको छ ।
अब, यो फिल्मका लागि सेकेन्ड लिड अभिनेत्री पनि फाइनल गरिएको हो । फिल्ममा प्रियंका एमबी चेरीलाई फाइनल गरिएको छ । योसँगै फिल्ममा अनमोल केसी, सरोज खनाल, उपासना, प्रियंकाले काम गर्ने फाइनल भएको छ ।
दिवाकर भट्टराइको निर्देशनमा तयार हुन लागेको यो फिल्मलाई भूवन केसीले निर्माण गर्दैछन् ।
यो फिल्म फुटबलको कथामा निर्माण हुँदैछ । एउटा गाउँबाट देशको फुटबलको क्याप्टेन बनेको यूवाको कथामा फिल्म निर्माण हुँदैछ । फिल्मको छायांकन केहि दिनमै सुरु हुनेछ ।