दादा साहेब फाल्के फिल्म फाउंडेशनले मनीषा कोइरालालाई बेस्ट एक्ट्रेस अवॉर्ड प्रदान गरेको छ । मुम्बईमा आयोजित अवार्ड समारोहमा ट्रफि उचाल्दै मनीषाले यस अवॉर्डबाट आफु विनम्र र सम्मानित भएको बताइन् ।
भारतीय चलचित्रमा विशेष योगदान पुर्याए बापत बलिउड्का कलाकारहरूलाई हरेक बर्ष दादा साहेब फाल्के फिल्म फाउंडेशनले यो पुरस्कार प्रदान गर्दै आइरहेको छ ।
कुनै समय बलिउड्मा राज गरेकी मनीषाले थुप्रै अवार्ड तथा सम्मान हातपारी सकेकी छिन ति मध्य दादा साहेब फाल्के र फिल्मफेयर अवॉर्ड प्रथिस्ठित मानिन्छन् ।