शर्मिला टैंगोरकी नातिनी , सैफ अली खानकी छोरी सारा अली खानले बलिउड डेब्यु गरेकी छिन् । सेवेन्टिजकी शर्मिलालाई बलिउडमा बिकिनी क्विन भनेर चिनिन्छ । बलिउडमा सबैभन्दा पहिला बिकिनी पोज दिएर हंगामा मच्याएकी शर्मिलाकी नातिनीले बलिउडमा हंगामा मच्याउँछन् त ? त्यसका लागि भने अझै केही समय कुर्नुपर्छ । अब उनको नयाँ फिल्म आउनेवाला छ । फिल्म केदारनाथमा उनी अभिनेता सुशान्त सिंह राजपुतसँग देखिनेछन् ।
सारा आफ्नो हट तस्विरका लागि उनको बेलाबखत चर्चा हुने गर्छ । केहि समयअघि साराको तस्विर भाइरल भएको थियो । उक्त फोटो उनले रणवीर सिंहसँग खिचेकी थिइन् । उक्त फोटो उनले आफ्नो इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । यसअघि उनको कारणले अभिनेता सलमान खान समेत भड्किएको खबर बाहिर आएको थियो । साराले अर्पिताकी पतिसँग फिल्म डेब्यु गर्ने चर्चा आएसँगै सलमान भड्किएको बताइन्थ्यो । अर्पिता सलमानकी बहिनी हुन् ।
सलमानको ज्वाई आयुश शर्मासँग स्क्रिन शेयर गर्ने कुराले सलमान निकै रिसाए । यतिसम्म कि, यस विषयमा सलमानको पिआर एजेन्सल्े एक प्रेस रिलिज समेत निकालेको बताइन्छ ।
पछि साराले करणको फिल्मबाट डेब्यु गर्ने हल्ला चल्यो । त्यसबेला सलमानले सारालाई म्यासेज गरेर भेट्न चाहे । तर, साराले त्यसको जबाफ दिइनन् । यसले पनि सलमानको चित्त दुख्यो ।