मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खान र उनकी रोमानियन प्रेमिका लूलिया बन्तुरको सम्बन्धले मिडियामा जहिल्यै पनि राम्रो स्थान पाउँछ । कैयौं पटक यो जोडीको विवाहको खबर पनि नआएको होइन । तर अब उनीहरुको सम्बन्धमा संकट आएको छ । उनीहरुले हालसम्म आफूहरुको प्रेमसम्बन्धका बारेमा न त स्वीकारेका छन् न त अस्वीकार नै गरेका छन् । तर पनि यो माहौलमा लूलियाले एउटा सन्देश सामाजिक सञ्जाल इन्स्टाग्राममा राख्दै सम्बन्ध टुटेको जानकारी दिएकी छन् ।
लूलियाले लेखेकी छन्,‘सायद मैले जिन्दगीमा एउटा ठूलो गल्ती गरें । त्यो यो हो कि म सही प्रेमको खोजीमा थिए । यस्तो व्यक्तिको खोजी नगर्नुहोस् जोसँग तपाई जिन्दगी बिताउन चाहनुहुन्छ । म पनि अहिले त्यस्तै अवस्थामा छु ।’उनको लेखाईको लक्षित व्यक्ति सलमान नै भएको सहज अनुमान लगाउन सकिन्छ । गत सोमबार सोनम कपुरको रिसेप्सनमा सलमान एक्लै पुगेका थिए । त्यहाँ उनले मिडियालाई इग्नोर गर्दै कटरिना कैफसँग गफिएका थिए ।