मुम्बई(एजेन्सी) । बक्स अफिस र भारतीय फिल्ममा बाहुबली फ्रेञ्चाइजीको तहल्काबारे सबैलाई थाहा नै छ । फिल्मको लोकप्रियता र कमाई देखेका राकेश रोशनले यही फ्लेबरमा ‘कृष ४’ बनाउने तयारी गरेका छन् । राकेशलाई ‘बाहुबली’ को दुबै फ्रेञ्चाइजी मनपरेकाले पनि उनी ‘कृष’लाई त्यही फ्लेबरमा ल्याउन चाहन्छन् ।
समाचार अनुसार राकेश आफ्नो सुपरहिरो फ्रेञ्चाइजी फिल्म ‘कृष’को चौथो र पाँचौं संस्करण एकैपटक खिच्ने योजनामा छन् । अघिल्लो फिल्म ‘काबिल’ आउनु अघि नै राकेशले ‘कृष’को संस्करणको बारेमा बताइसकेका थिए ।
हाल ऋतिक उत्तर भारतमा आफ्नो फिल्म ‘सुपर ३०’को सुटिङ गरिरहेका छन् । यो फिल्म आनन्द कुमारको जिवनीबाट प्रेरित बायोपिक फिल्म हो ।