चर्चित रियालिटी शो नेपाल आइडलका फर्स्ट रनरअप निशान भट्टराईको पहिलो अफिसियल गीति भिडियो सार्वजनिक भएको छ । शुक्रबार रिलिज ‘भुन्टी’ बोलको गीत रिलिजको केहि घण्टामै नेपाली युट्युव ट्रेण्डिङमा आएको थियो । समाचार तयार हुँदै गर्दा सम्म निशानको भुन्टी युट्युवमा १० नम्बर ट्रेण्डिङमा छ ।
भिडियोमा निशान आफै फिचर छन् भने उनलाई अपोजिटमा एलिशा राईले साथ दिएकी छिन् । निशानको स्वरमा संगीत कम्पोज मिस्टर आरजेले गरेका छन् शब्द पनि आरजेको नै हो । एरेञ्ज मोहित मुनालको छ ।
भिडियोलाई रामकुमार केसीले खिचेका छन् भने टेकेन्द्र शाहले सम्पादन गर्दा निर्देशन पनि टेकेन्द्रको नै छ । भिडियोको निर्माण मनोज बस्नेतले गरेका हुन् । हालसम्म साढे तीन लाख बढि पटक भिजिट हुँदा भिडियोमा २ हजार बराबर कमेन्ट र २१ हजार बढि लाईक व्यक्त छ ।