एजेन्सी, २४ जेठ । सुपरस्टार रजनिकान्तको छोरी सौन्दर्या रजनिकान्तको निर्देशनमा निर्माण भएको फिल्म ‘भिआइपी २ ललकार’ युट्युवको ट्रेनिडङ नम्बर १ मा पर्न सफल भएको छ । तमिल अभिनेता धनुषको मुख्य अभिनय रहेको फिल्ममा अभिनेत्री काजोलले साथ दिएकी छन् । धनुष अभिनेता रजनिकान्तका ज्वाइँ हुन ।
तीन दिन अघि मात्र गोल्डमाइन्स टेलिफिल्मको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको थियो । यस फिल्मलाई हाल १२ लाख बढीले हेरिसकेका छन्, भने युट्युवमा ट्रेन्डिङ नम्बर १ मा समेत आइसकेको छ ।