यसअघि नै दशैंमा रिलिज घोषणा गरेको फिल्म ‘जय भोले’को अफिसियल प्रचार प्रसार सुरु भएको छ । राजधानीमा बिहिबार एक कार्यक्रमको आयोजना सहित निर्माण टिमले लोक फ्लेभरको पहिलो गीत रिलिज गर्यो । गीतमा फिल्मका लिड कलाकार सबैजसो अटाएका छन् ।
स्वस्तिमा खड्का र सलोन बस्नेत मुख्यतः फिचर हुँदा दुई ‘स’को केमेष्ट्रि गज्जबको देखिन्छ । यस्तै केहि ड्रिम सिक्वेन्स सहित मुख्य अभिनेता खगेन्द्र लामिछाने पनि फिचर हुँदा सौगात मल्ल, बुद्धि तामाङ, राजाराम पौड्याल, जयनन्द लामालाई पनि गीतमा देख्न सकिन्छ ।
‘कुटुमा कुटु’पछि शंभवत स्वस्तिमाको फिल्मी करियरको अर्को उत्कृष्ट गीत ‘उम्लियो भने पोखिन्छ’ बोलको हालै सार्वजनिक गीत हुनसक्छ । गीतमा स्वर संगीत राजनराज शिवाकोटीको छ भने फिमेल भर्सनमा साथ मेलिना राईले दिएकी छिन् । बसन्त श्रेष्ठले मनछुने कोरियोग्राफी गरेका छन् । अशोक शर्माको निर्माण निर्देशनमा बनेको फिल्मको कथा खगेन्द्र लामिछानेको हो छायांकन पुरुषोत्तम प्रधानको छ । स्मरण रहोस् छक्का पन्जा १ र २ बाट ब्रान्ड भियालु उच्च बनाएको दिपक दिपा समुहको चलचित्र छक्का पन्जा ३ पनि दसैंको छेको परेर प्रदर्शनमा आउदैछ । अत अशोक शर्माको जय भोले र दिपक दिपाको छक्का पन्जा ३ को आउदो दसैंमा भिडन्त रोचक बन्ने छ ।