काठमाडौं । होटेल अन्नपूर्णमा आयोजित पत्रकार सम्मेलन मार्फत चलचित्र कस्मिक लभ’ को घोषण सहित शुभ मुर्हूत गरिएको छ ।
मुभी मेकर्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रलाई वि.एस बलामी र शंकर अधिकारीले संयूक्त रुपमा निर्देशन गर्न लागेका हुन । अभिनेता द्वय अर्पण थापा, प्रशान्त ताम्राकार र अभिनेत्री दीया मास्केको लिड रोल रहने यो चलचित्रबाट रिजेन थापा र पुजा थापाले डेब्यू गर्दैछन् ।
सुरज प्रधानको प्रस्तुतीमा तयार हुन लागेको चलचित्र कस्मिक लभ’ रोमान्टिक, कमेडी र सस्पेन्स जनरामा निर्माण हुने बताइएको छ । चलचित्रका कार्यकारी निर्माता डीएन दाहाल हुन् भने जे गौतम यसका निर्माता हुन् । चलचित्रमा सुरेश बज्रचार्यको छायांकन, बाबुल गिरीको संगीत, बाबु साहेबको एक्सन, विपिन मल्लको सम्पादन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।
चलचित्रका निर्माता जे गौतमले यसै अवसरमा १० वटा चलचित्र निर्माण गर्ने घोषणा समेत गरेका छन् । सबै चलचित्रमा कलाकार प्रशान्त ताम्राकार हुने जानकारी समेत उनले दिएका छन् ।
‘ह्याबि वेट भिलेन’ का रुपमा चर्चित , अभिनेता प्रशान्तले स्क्रिप्ट चित्त बुझेका कारण फिल्ममा काम गर्न लागेको बताउँदै यसमा आफ्नो भूमिका अन्य चलचित्र भन्दा फरक रहने खुलाए । यस अघिका चलचित्रमा सामान्य पारिश्रमिक लिदै आएका प्रशान्तले चलचित्र कस्मिक लभ’ बाट आफ्नु पारिश्रमिक बढाएर डिमान्ड अनुसार १५ लाख लिएका छ्न ।
कार्यक्रममा चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष सन्दिप सापकोटा, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप उदय, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीलगायतले फिल्मलाई शुभकामना दिए ।