काठमाडौँ । भारतको चर्चित डान्स रियालिटी शो डीआइ डी र “झलक दिखलाजा ९” को बिजेता रहेकी तेरिया मगर नेपाली चलचित्रमा नायिका बन्ने तयारीमा छिन ।
म्याक टेन कालुले निर्माण गर्न लागेको उक्त चलचित्रमा तेरिया कालुका छोरा बिर्जन मिजारसँग स्क्रिन सेयर गर्ने भएकी छिन् । चलचित्रमा तेरिया र बिर्जनका अलावा रजनी केसी, प्रमिला बिसी र म्याक टेन कालुको अभिनय रहने बताइएको छ । हाल तेरिया देश तथा बिदेशमा हुने बिभिन्न खाले स्टेज शो मा ब्यस्त रहेकी छन् ।