फिल्म ‘चंगा चेट’ को गीत बुधबार सार्वजनिक गर्ने निर्माण पक्षले मिडियालाई जनाएको थियो तर प्राविधिक गडबडीका कारण फिल्मको बुधबार साढे १ बजेलाई राखिएको प्रेसमिट स्थगित हुन पुगेको छ ।
‘चंगा चेट’को गीत राखिएको हार्डडिक्स गडबडी देखिए पछि निर्माण पक्षले तोकेको समयमा गीत रिलिज गर्न असमर्थ हुँदै प्रेसमिट रोक्न बाध्य भएको हो । ‘हामी फाइल रिकभर गर्ने प्रयासमा छौं’, निर्देशक खनालले दुःखी हुँदै भने, ‘रिकभर भएपछि रिलिज गर्नुपर्ला । हामीलाई घाटा लाग्यो ।’ कार्यक्रम नहुँदा हल भाडा र अन्य खर्च व्यर्थमा खेर गएको छ ।‘गोजीमा दाम छैन’ बोलको गीतमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, पारमिता राज्य लक्ष्मी शाह, सन्दिप क्षेत्री, सुरक्षा पन्त र रविन्द्र झा फिचरिंग छन् ।
स्मरण रहोस् यस चलचित्रका निर्माता माधव वाग्ले भने फिल्ममा प्रयोग गरिने नक्कली नोट प्रकरणमा पुरपक्षका लागि थुनामा छन् । ‘चंगा चेट’ भदौ १५ गते प्रदर्शन हुनेछ ।