काठमाडौं । बादी जातिको ‘बादी प्रथा’ र पण्डितहरुको ‘पण्डीत्याई’को विषयबस्तुमा निर्मित चलचित्रमा ‘पण्डित बाजेको लौरी’को ट्रेलर रिलिज भएको छ । आगामी साउन ४ लाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘पण्डित बाजेको लौरी’को यसअघि सार्वजनिक टिजरबाट चर्चा कमाएको चलचित्रले एक गीत पनि सार्वजनिक गरिसकेको छ ।
चलचित्रमा कलाकार बिजय बराल ‘बादी’ र अभिनेत्री सन्ध्या केसी ‘बदिनी’ को भूमिकामा देखिएका छन् । शहरबाट अभिनेता प्रमोद अग्रहरी बादी प्रथा निर्मुल गर्न गाउँ पस्छन। तर, विवाहित सन्ध्यासँगै उनको प्रेम बस्छ । एउटा सानो गाउँमा पण्डित्याई गर्ने पण्डितहरुको कथामा बनेको चलचित्रले समाजका गहकिला विषय बस्तु र घटनालाई उठाएको छ । निर्देशक दीपक ओलीले समाजमा हेपाहा दृष्टिकोणले हेरिने बदिनी र समाजमा ठूलो जात भनिने पण्डित समुदायहरुका बीचको सम्बन्धलाई चलचित्रमा देखाउन खोजिएको बताए ।
अधृत फिल्मस् प्रालीको ब्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय छ ।‘पण्डित बाजेको लौरी’ मा महेश दवाडीको कथा, पटकथा र संवाद, विदुर गिरीको छायांकन, मित्र डि. गुरुङको सम्पादन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल अनि अमित श्रेष्ठको संगीत रहेको छ ।