काठमाडौं | नायक पुष्प खड्काले फिल्म ‘दाल भात तरकारी’ खेल्ने कुराले फिल्म बजारमा चर्चा पाएको छ। मह संञ्चारले निर्माण गर्ने यस फिल्ममा उनी मुख्य भूमिकामा प्रस्तुत हुन लागेका हुन्। यस फिल्ममा उनको जोडीका रुपमा नायिका स्वस्तिमा खड्का रहनेछिन्।
किरण केसी प्रस्तुतकर्ता रहेको यस फिल्मलाई किरणका छोरा सुदन केसीले निर्देशन गर्नेछन्। हाल फिल्मको प्रि-प्रोडक्सनको काम भइरहेको छ भने रिलिज मिति आगमी बैशाख १३ लाई तय गरेको छ।
हालै मात्र पुष्प खड्का नयाँ फिल्ममा अनुवन्धित भएको खबर बाहिरिएको छ। उनी मंगलम् निर्देशक नवल नेपालले निर्देशन गर्ने नयाँ फिल्ममा अनुबनधित भएका हुन्। फिल्मको नाम तय नभए पनि नायिकाको छनोट भन् भइसकेको छ। यस फिल्ममा नव-नायिका रेविका गुरुङ पुष्पको अपोजिटमा देखिनेछिन्। हाल फिल्मको वर्कसप चलिरहेको छ।
पुष्प र रेविकाको जोडी बाधिँने यस फिल्मलाई पूनम गौतमले निर्माण गर्नेछिन्। पुष्पले पूनमकै निर्माण रहेको फिल्म अझै पनि बाट फिल्म क्षेत्रमा डेब्यु गरेका थिए। त्यस्तै निर्देशक नवलसँग उनले मंगलममा काम गरेका छन्। यस फिल्म भदौको अन्त्यबाट छायांकनमा जाने तयारीमा छ।