काठमाडौं | भदौ २२ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘रामकहानी’को पोष्टर रिलिज गरिएको छ। सार्वजनिक पोस्टरमा फिल्मका सम्पूर्ण कलाकारहरुलाई फिचर गरिएको छ। जहाँ नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मासँगै फिल्म अन्य कलाकारहरु केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा र विल्सन विक्रम राई, राजाराम पौडेललाई पनि देख्न सकिन्छ।
फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका छन्। रोमान्टिक लभस्टोरीसँगै कमेडी पनि प्रस्तुत गरिएको फिल्ममा सुदर्शनकै कथा रहेको छ। अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा महेश दवाडी र दिनेश न्यौपानेको पटकथा तथा संवाद रहेको छ।
सुदर्शन र नायिका पूजा शर्माको लगानी रहेको फिल्ममा सौरभ लामाको छायांकन तथा बनीष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ।