काठमाडौं | रंग पत्रकार सुव्रतराज आचार्य निर्देशित फिल्म ’सुश्री सम्पत्ति’ले आफ्नो प्रदर्शन मितिलाई हेरफेर गरेको छ। भदौ २२मा रिलिज गर्ने तयारीमा रहेको फिल्म अब भने मंसिर २८ मा रिलिज हुने भएको छ। सोच अनुसार पोस्ट प्रोडक्सनको कामलाई अगाडि बढे पनि केहि प्राविधिक कारणले गर्दा फिल्मले रिलिज डेटलाई पछाडि सारेको निर्माण युनिटको तर्क छ।
तर, फिल्मले रिलिज मिति सार्नुको पछाडिको वास्तिविकता भने फरक छ। भदौ २२ गते प्रदीप खड्का स्टारर फिल्म ‘रोजी’ र पूजा शर्मा स्टारर फिल्म’ रामकहानी’ प्रदर्शनमा आउने भएकाले पनि ‘सुश्री सम्पत्ती’ पछाडी हट्न बाध्य भएको हो।
फिल्ममा सलोन बस्नेत, सारा सिर्पाली र विनोद न्यौपाने मुख्य भूमिकामा छन्। रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन्।
फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन्। फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन्।