काठमाडौं | असोज ५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘इन्टु मिन्टु लन्डनमा’को दोस्रो गीत रिलिज भएको छ। सार्वजनिक ‘लन्डन’मा बोलको गीतमा सुजिल कर्मचार्यको शब्द रहेको छ भने गीतमा उनैले स्वर दिएका छन्। भिडियोमा फिल्मका मूख्य कलाकार धिरज मगर फिचरिङ छन्।
रेनशा बान्तवा राई निर्देशित फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगर मुख्य भूमिकामा छन्। फिल्ममा विवेक लिम्बू, शारुक ताम्राकार, सुनिशा बजगाईंलगायतका कलाकारहरूको अभिनय रहनेछ। रोमान्टिक लभ स्टोरी फिल्ममा निर्माता प्रज्ज्वलशमशेर र निर्देशक रेनेशाको कथा रहेको छ।
‘आई कोर फिल्मस्’को ब्यानरमा निर्माण भएको ‘इन्टु मिन्टु लण्डनमा’ प्रभुशमशेर जबरा र प्रज्ज्वलशमशेर जबराको लगानी रहेको छ भने सुजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र वसन्त सापकोटाको संगीत दिएका छन्।
गीत :