काठमाडौं | प्रदीप खड्का स्टारर फिल्म ‘रोजी’ भदौ २२ गतेबाट रिलिज हुँदैछ। विवाद र चर्चाका विच फिल्म भदौ २२ मा रिलिज हुँदैछ। पहिला फिल्मको नाममा विवाद थियो भने अहिले रिलिज मितिलाई लिएर चर्चा भइरहेको छ।
यसै अवसरमा निर्माण युनिटले फिल्ममा समावेश प्रदीपका चार लुक्स खुल्ने पोष्टर सार्वजनिक गरेको छ। सार्वजनिक पोष्टरमा प्रदीप एकदमै सोझो युवा देखि डरलाग्दो लुक्समा पनि देखिएका छन्। फिल्म ‘रोजी’को गीत र टिजर रिलिज भइसकेको छ। त्यसबाट पनि फिल्मले चर्चा पाइरहेको छ।
अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा कविराज गहतराज र रिशव टोट्लानीको कोरियोग्राफी, फिल्ममा राजु बिक्रम थापाको छायांकन, मित्र डि गुरुङको सम्पादन रहेको छ।
‘गोपीकृष्ण मुभिज’ र ‘आरोही इन्टरटेनमेन्ट’को संयुक्त ब्यानरमा निर्मित फिल्म ‘रोजी’मा प्रदिपसँगै परमिता आरएल राणा र मिरुना मगरको मुख्य भूमिका रहेको छ। निरक पौडेल निर्देशित फिल्ममा आयरा पौडेल र आरोही केसीको लगानी रहेको छ।