काठमाडौं | असोज ५ गतेबाट प्रदशर्नमा आउने फिल्म ‘बाँध मायाले’को शिर्ष गीत सार्वजनिक भएको छ। बुधबार राजधानीमा एक कार्यक्रमको विच फिल्मको गीत रिलिज गरिएको हो। सार्वजनिक उक्त गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकार आर्यन अधिकारी र सृष्टि श्रेष्ठ फिचरिङ छन्।
भिडियोमा आर्यन र सृष्टिलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। कविराज गहतराजको नृत्य निर्देशन रहेको भिडियोको लोकेशन पनि सुन्दर छ। गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने सुगम पोखरेल र अन्जु पन्तको स्वर सुन्न सकिन्छ।
सविर श्रेष्ठले निर्देशित फिल्ममा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको पनि मुख्य भूमिका रहेको छ भने यसै फिल्मबाट किशोर खड्काले पनि नायकका रूपमा डेब्यु गर्दैछन्। रामहरि धिताल र विभिसिका श्रेष्ठको संयुक्त निर्माण रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन्।
हेर्नुहोस् गीत :